Logo

२४ जना जुवाडे पक्राउ



भक्तपुर, ६ माघ । तास खेलिरहेको अवस्थामा २४ जनालाई प्रहरीले पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका–६ सुरन्दरबस्ती बस्ने सुमन तामाङको घरबाट तास खेलिरहेको अवस्थामा सुमन लगायत १५ जना सोमबार साँझ पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई तास खेलिरहेको अवस्थामा नगद १ लाख ८९ हजार ९ सय ५० रुपैयाँ र ६ बुक तास सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

यसैगरी, भक्तपुर दुधपाटीस्थित बिएम रेष्टुरेन्टमा तास खेलिरहेको अवस्थामा रेष्टुरेन्ट संचालक सोही ठाउँ बस्ने ४१ वर्षीय बद्री कोजु लगायत ९ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त रेष्टुरेन्टमा तास खेलिरहेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४४ हजार ४ सय २० रुपैयाँ र तास सहित फेला पारी पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्