Logo

मृगलाई ताक्दा बाख्रा चराउँदै गरेकी महिला घाइते



रोल्पा, ६ माघ । भरुवा बन्दुक पड्किँदा एक महिला घाइते भएकी छिन् । जंगलमा बाख्रा चराएर घर फकैदै गरेकी रोल्पा फाल्जाकी ४५ वर्षीया बरु पुन मगर छिमेकीले मृगलाई पड्काएको भरुवा बन्दुकले लागेर गम्भीर घाइते भएकी हुन् ।

सोही ठाउँ बस्ने ३७ वर्षीय हस्त बहादुर पुन मगरले मृगलाई पड्काएको भरुवा बन्दुक मृगलाई नलागी जंगलबाट बाख्रा चराएर घर फर्किँदै गरेकी बरु पुन मगरलाई लाग्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रोल्पाबाट खटिएको प्रहरीले हस्त बहादुरलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएकी बरू पुनलाई जिल्ला अस्पताल रेउघा हुँदै थप उपचारको लागि भैरहवा मेडिकल कलेज रिफर गरिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

 



प्रतिक्रिया दिनुहोस्