Logo

न्युकासललाई हराउँदै आर्सनल शीर्ष दशमा



एजेन्सी, ६ माघ । आर्सनलले सोमबार न्युकासललाई ३–० ले हराएको छ । उक्त नतिजापछि आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्ष दसभित्र प्रवेश गर्न सफल भएको छ । हारले न्युकासल व्यवस्थापक स्टिभ ब्रुसमाथि दबाब बढेको छ ।

आर्सनलका लागि दुई गोल अबुमेयाङले गरेका थिए भने अर्को गोल गर्ने खेलाडी भने बुकायो साका रहेक थिए । गाबोनका अन्तर्राष्ट्रिय खेलाडी अबुमेयाङले यस खेलसँगै लयमा फर्केको संकेत दिएका छन् ।

यो जितपछि आर्सनल १९ खेलबाट २७ अंक बटुली दसौं स्थानमा पुगेको छ । न्युकासल भने १९ अंकसहित १५ औं स्थानमा रह्यो ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्