Logo

आज ३४८ संक्रमित थप, ४४१ जना डिस्चार्ज



काठमाडौं, ६ माघ । नेपालमा कोरोना भाइरसका आज ३ सय ४८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ६७ हजार ९ सय ९२ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ४ सय ४१ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ६२ हजार २ सय ५९ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्