Logo

घुसकाण्डमा सामसुङका उपाध्यक्ष योङलाई दुई वर्षको जेल सजाय



एजेन्सी, ६ माघ । सामसुङका लगानीकर्ता तथा उपाध्यक्ष ई छोङ योङलाई साँढे दुई वर्षको जेल सजाए भएको छ । सोमबार त्यहाँको उच्च अदालतले आफ्नो कम्पनीलाई फाइदा पु¥याउन घूस दिएको आरोपमा उनलाई जेल सजाए दिइएको हो ।

सन् २०१४ मा हुई विरामी भएपछि नै कम्पनीलाई योङले नै नेतृत्व गर्दै आएका छन् ।उनलाई सन् २०१७ को फेबु्रअरीमा पार्क ग्युन हे राष्ट्रपति हुँदा सामसङलाई फाइदा पु¥याउन ३० अर्ब वन भन्दा बढि घूस दिएको आरोपमा पक्राउ गरिएको थियो ।
उनलाई जिल्ला अदालतले पाँच वर्ष जेल सजाए सुनाएको भए पनि सन् २०१८ मा उच्च अदालतले सजाए काम गर्दै जेलमुक्त गरेको थियो ।कम्पनीमा कोरिया भरि मात्रै ३ लाख भन्दा बढी मानिसहरु प्रत्यक्ष रुपमा काम गर्छन् । कम्पनीले कोरियाली अर्थतन्त्रको २० प्रतिशत कर्पोरेट कर तिर्ने जनाइएको छ । संसारभरि नै सञ्चार क्षेत्रमा राम्रो पकट बनाउँदै गएको कम्पनीको मुख्य नेतृत्वकर्तालाई जेल सजाए भएपछि कसरी कम्पनीको व्यवस्थापन हुन्छ भन्ने मुख्य चासोको रुपमा हेरिएको छ ।

कोरियाली चेम्बर अफ कमर्स तथा इन्डस्ट्री (केसीसीआई) र कोरियाली औद्योगिक संघ (एफकेआई) लगायत अन्य व्यापारिक संघसंस्थाले सामसङ जस्तो विश्व भरि नै प्रभुत्व जमाएको कम्पनीको मुख्य व्यक्तिलाई जेल पठाउँदा कोरियाली अर्थतन्त्रलाई नै घाटा हुने जनाएका छन् ।

एफकेआईले एक विज्ञप्ती प्रकाशित गर्दै भनेको छ, ‘ईलाई जेल पठाउँदा सामसङलाई नेतृत्व दिने मानिसको अभावमा विश्वभर रहेको सामसङ कम्पनीलाई असर पर्नेछ साथै प्रत्यक्ष रुपमा कोरियाली अर्थतन्त्रलाई पनि ।’ त्यहाँको व्यवसायिक संगठनहरुले उच्च उदालतमा ईको रिहाइको माग गर्दै सोमबारै निवेदन पनि दर्ता गरेका छन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्