Logo

कोरोनाबाट थप ४ जनाको मृत्यु



काठमाडौं, ६ माघ । कोरोना संक्रमणबाट आज थप ४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १९६९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२४ घन्टामा नयाँ संक्रमित ३ सय ४८ थपिएका छन् । आज ४ सय ४१ कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ६७ हजार ९ सय ९२ संक्रमित भएपनि २ लाख ६२ हजार २ सय ५९ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने ३ हजार ७ सय ६४ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

आजसम्म २० लाख २१ हजार ७ सय १४ जनाको पिसीआर परिक्षण भएको छ भने  क्वारेन्टिनमा बस्नेको सख्या १९०  रहेको छ ।



प्रतिक्रिया दिनुहोस्