Logo

महामारीमा अवकास लिन नमानेकी नर्सको कोरोनाले मृत्यु



एजेन्सी, ६ माघ । ५० वर्ष सम्म निरन्तर आफ्नो सेवामा संलग्न रहेको महिलाले आफ्नो अवकास प्राप्त गर्ने समयमा कोरानोको उत्पत्ति भएको कारण अवकास लिन मानेकी थिइनन् । कोरोनाको उत्पत्ति भएसंगै उनले नागरिकलाई सेवा प्रदान गर्न अवकास निलिई निरन्तर खटी रहिन् पछि उनको कोरोना कै कारण मृत्यु भयो ।

उनले आफू भन्दा कम तहका नर्सहरुलाई सिकाउन र काम गर्न प्रोत्शाहन गरिरहिन् । विषम परिस्थितिमा आफ्नो भूमिका राज्यलाई आवश्यक परेको कारण उनी निरन्तर खटिइरहिन् । उनको जनवरी १० मा मृत्यु भयो । उनले आफ्नो ७९ औँ जन्मदिन मनाएर एकदिन पछि उनको देहान्त भयो । उनी आफ्नो कार्यकाल निकै इमानदारिता पूर्वक निभाएकी थिइन् । उनी सबै माझ लोकप्रिय समेत थिइन् । महामारीको समय पनि उनले आफ्नो तर्फबाट शत प्रतिशत दिइन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्