Logo

कोरोनाको त्रासले तीन महिना सम्म एयरपोर्टमै बास



एजेन्सी, ६ माघ । सिकागो एयरपोर्टमा एक व्यक्ति कोरोना संक्रमणको डरले तीन महिनासम्म लुकेर बसेको पत्ता लागेको छ । ३६ वर्षिय आदित्य सिंहलाई शनिबार प्रहरीले एयरपोर्टमा गिरफ्तार गरेको थियो ।

सिंहलाई एयरलाइनका कर्मचारीले आफ्नो पहिचान खुलाउन भने पछि उनको विषयमा छनबिन सुरु गरिएको थियो । उनले आफू एयरलाईनको स्टाफ भएको जनाएपछि उनको विषयमा जानकारी निकालिएको थियो । उनले अन्य स्टाफको पहिचान पत्र देखाएका थिए जुन उक्त स्टाफले अक्टोबर मै आफ्नो पहिचानपत्र हराएको दाबी गरिसकेका थिए ।

उनी अक्टोबर १९ मा एयरपोर्ट भित्रिएको विषयलाई प्रहरीले बताएका थिए । उनलाई हिरासतमा राखी मुद्दा चलाइएको थियो । यस विषयमा न्यायधिश निकै अच्चमित भएका थिए । उनी एयरपोर्टको सुरक्षित तथा गोप्य ठाउँमा १९ अक्टोबर २०२० देखि १६ जनवरी २०२१ सम्म एयरपोर्टमै बसेका थिए ।

उनीमाथि कुनै प्रकारको अपराधिक रेकर्ड नरहेको समेत प्रहरीले जनाएको छ । उनलाई एयरपोर्टको गोप्य स्थान गइ तीन महिनासम्म बसकोे कारण कोर्टले उनलाई एक हजार डलरको जरिवाना लगाएको थियो । सम्पूर्ण यात्रु सुरक्षित यात्रा गर्न पाओस् भन्दै कोर्टले एयरपोर्टलाई सुरक्षित बनाउन आग्रह गरको छ । थप यस विषयमा अनुसन्धान भइरहेको जनाइएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्