Logo

सन् २०२० अहिलेसम्मकै तातो



सन् २०२० मा पृथ्वीको तापक्रम अहिलेसम्म सबैभन्दा बढी भएको नासाका जलवायुसंग सम्बन्धित वैज्ञानिकले बताएका छन् । सन् २०१६ मा पनि पृथ्वी सबैभन्दा बढी तात्तिएको रेकर्ड नासाले रिपोर्ट गरेको थियो ।

सन् १८८० देखि नासाले पृथ्वीको ताप मापन गर्न थालेको हो । तर नेश्नल ओसियानिक एण्ड एट्मोसफेरिक एड्मिनिस्ट्रेसन (एन.ओ.ए.ए.) का अनुसन्धानकर्ताहरुले मुल्यांकन गर्दा सन् २०२० दोस्रो तातो वर्ष भएको निष्कर्ष निकालेको लाइभ साइन्स पत्रिकामा प्रकाशित गरिएको थियो ।

एन.ओ.ए.ए को गणनाका अनुसार सन् २०१६ भन्दा सन् २०२० ०.०४ डिग्री फरेनहाइट (०.०२ डिग्री सेल्सियस) ले चिसो छ । सन् २०२० मा जमिन र सागरको औसत विश्वव्यापी तापक्रम १.७६ डिग्री फरेनहाइट (०.९८ डिग्री सेल्सियस) रहेको पत्ता लगाए । यसको तुलनामा नासाका वैज्ञानिकहरुले सन् २०२० को विश्वव्यापी औसत सतह तापमापन बिसौँ शताब्दी भन्दा १.८४ डिग्री फरेनहाइट (१.०२ डिग्री सेल्सियस) ले बढी न्यानो भएको पत्ता लगाए ।  एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्