Logo

दशवटा ठुला ब्ल्याक होल पत्ता लागे



ब्ल्याक होल अन्तरिक्षको एक यस्तो स्थान हो जहा धेरै गुरुत्वाकर्षण तानिएको हुन्छ कि त्यहाँबाट प्रकाशसमेत उम्कन सक्दैन । ताराहरुको मृत्युपछि ब्ल्याक होलको निर्माण हुन्छ । ब्ल्याक होलमा रहेको गुरुत्वाकर्षण धेरै बलियो हुन्छ ।
वर्तमान समयमा भौतिकशास्त्रीहरु ब्ल्याक होलहरुको बारेमा नया ज्ञानको सुनौलो युगमा छन् ।

सन् २०१५ देखिको लगातार प्रयासमा अनुसन्धानकर्ताहरु लेजर इन्टेरफेरोमिटर गुरुत्वाकर्षण–तरङ्ग वेधशाला (एल.आई.जि.ओ) को प्रयोग गरेर गाभिएको ब्ल्याक होलबाट सिधै संकेतहरु प्राप्त गर्न सक्षम भएका छन् ।

उक्त वेधशालाको इभेन्ट होराइजन टेलिस्कोपले ब्ल्याक होलको छायाको पहिलो छवि उतारेको थियो । गतवर्ष विज्ञानले धेरै ठुला र शानदार दशवटा ब्ल्याक होल पत्ता लगाएको छ । ती मध्ये वैज्ञानिकहरुले एउटा यस्तो ब्ल्याक होल पत्ता लगाएका छन् जसकारण उनीहरु नोबेल पुरुस्कारबाट पुरस्कृत भएका छन् । एजेन्सीको आधारमा



प्रतिक्रिया दिनुहोस्