Logo

मंगलबार यौन सम्बन्ध किन राख्नु हुँदैन्



मंगलबारको ग्रह मंगल हो । आकाश मंडलमा मंगल चौथो स्थानमा हुन्छन् । सुर्यबाट मंगलको दुरी २२ करोड ४० लाख किलोमीटर छ । मंगलले ६८७ दिनमा सुर्यको एक परिक्रमा पुर्ण गर्छ ।

मंगलबारको दिन प्रकृति उग्र हुन्छन् । यो हनुमान र मंगलदेवको दिन हो । कुन्डलीमा यदि मंगलको स्थिति राम्रो भएमा भाई, मित्र तथा नातेदारमा सम्बन्ध राम्रो हुन्छ । मंगलबार उपवास बस्दा कहिल्यै पनि शनिको डर हुँदैन् ।

रातो किताब अनुसार मंगल जातकको स्वास्थ्य ठिक हुँदैन र स्वभाव पनि जिद्दी एवं उग्र हुन्छ । मंगल धेरै अशुभ भएमा ठुलो दाईलाई असर गर्न सक्छ । दाजुभाईबीच शत्रुता बढ्छ । बच्चा जन्माउनमा समस्या हुन्छ र जन्मिएमा बच्चाको मृत्यु हुन सक्छ ।

स्कंन्द पुराण अनुसार, मंगलको उत्पत्ति भगवान विष्णुको पसिनाको थोपाबाट धर्तीद्वारा भएको हो । वामन पुराणको अनुसार मंगलको उत्पत्ति भगवान भाष्करले धारी भोलेनाथले महासुर अंधकको हत्या पछि भएको हो । महाभारत अनुसार भगवान कार्तिकेयको शरीरबाट मंगल उत्पत्ति भएको हो ।

मंगलबार ब्रहचार्यको दिन हो । यस दिनमा शक्ति एकत्रित हुन्छ । मंगलबार ऋण चुक्ता गर्ने राम्रो दिन हो । यस दिनमा ऋण तिर्दा फेरी ऋण लिने आवश्यकता पर्दैन् ।

यस दिनमा रातो वस्त्र, रातो फलफुल, रातो चन्दन र रातो रंगको ध्वजा चढाउदाँ मनले चाहेको कामना पुरा हुन्छ ।
मगलबार यौन सम्बन्ध राख्नु हुन्न । यौन सम्बन्धबाट यो दिनमा बाच्नुपर्छ । यस दिनमा नुन र घ्यीउ नखाँदा राम्रो हुन्छ । मंगलबार मासुको सेवनले जीवनमा तुफान आउन सक्छ ।

यदि मंगल राम्रो भएमा साहसी, शस्त्रधारी, सैन्य अधिकारी तथा नेता बन्न सक्छन् । धार्मिक ग्रन्थअनुसार



प्रतिक्रिया दिनुहोस्