Logo

सुजुकी सेडान सिरिज नेपाली बजारमा सार्वजनिक



काठमाडौं, ६ माघ । सुजुकी मरुतीको नयाँ गाडी नेपाली बजारमा सार्वजनिक भएको छ । सुजुकीको सेडान सिरिजमा मोडल डिजायरका नयाँ संस्करण नेपाली बजारमा सार्वजनिक भएको हो । सुजुकीको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटोकर्पले डिजायरका नयाँ मोडल बुकिङ खुला गरेको छ ।

नयाँ डिजायर भीएक्स आइको मूल्य ३४ लाख २९ हजार र डीजायर जेडएक्सआइ ३७ लाख ७९ हजार रुपैयाँ तोकिएको छ।२०२१ डिजायरमा सेग्मेन्टमै पहिलो पटक आइडल स्टार्ट–स्टप टेक्नोलोजी (आईएसएस) भएको नेक्स्ट जेन के सिरिज इन्जिन, नयाँ इन्टेरियर र एड्भान्स्ड फीचर राखिएको जनाइएको छ ।

कम्पनीका अनुसार २०२१ डिजायरमा आइएसएस फङ्सनसहितको नेक्स्ट जेन(के सिरिज डुअल जेट, डुअल भीभीटी बीएस इन्जिन छ। उच्च कम्प्रेसन रेसियो, कुल्ड इजिआर सिस्टम र पिस्टन कुलिङ जेट भएको नयाँ इन्जिन पहिलेको भन्दा परिस्कृत छ। यसले इन्जिनको कार्यक्षमता बढाउनुका साथै घर्षणलाई कम गर्छ।

म्यानुअल ट्रान्समिसनमा यसको माइलेज २३.२६८ किलोमिटर प्रतिलिटर रहेको कम्पनीको दावी छ। यो इन्जिनले ६००० आरपीएममा अधिकतम ६६ किलोवाट पावर उत्पन्न गर्छ। फ्रन्ट फेसियालाई परिष्कृत गरी बोल्ड र स्टाइलिस बनाइएको छ।



प्रतिक्रिया दिनुहोस्