Logo

नेपाल लाइफद्वारा मृतकका परिवारलाई १ करोड ३२ लाख बीमा दाबी भुक्तानी



पोखरा, ६ माघ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमा गराएका स्व. सुरेश बहादुर केसीको परिवारलाई रु १ करोड ३२ लाख ५० हजार मत्यु दाबी भुक्तानी गरेको छ । कोरोनाको कारण मृत्यु भएका केसीका परिवारलाई नेपाल लाइफ इन्स्योरेन्स कम्पनि पोखरा प्रमुख लगायतको टोलीले केसीकी श्रीमती र दुई बच्चालाई उक्त रकम हस्तान्तरण गरेको हो ।

कोरोनाको कारण मृत्यु भएका केसीले नेपाल लाइफ इन्स्योरेन्समा जीवन बिमा गराएका थिए । करीब १ करोडको जीवन बिमा गराएका केसीले ५ किस्ता मात्र बुझाएपछि उनको निधन भएको थियो । सो बिमा वापतको रकम परिवारले बुझेपछि मृतककी श्रीमति चिनुमाया केसीले आफूहरुले बिमा वापतको रकम पाएको बताएकी छिन ।

श्रीमानको निधन भएपछि अब के गर्ने होला ? भन्ने पिर आफूलाई लागेको बताईन् । तर, श्रीमानले बेलैमा बिमा गरेका कारण सो रकमले आफुहरुलाई परिवारमा आर्थिक रुपमा केही सहयोग पुग्ने विश्वास व्यक्त गरीन् । बिमाको रकम बुझ्न गाह्रो हुन्छ भन्ने भ्रम मात्र रहेको र आफुले बिमा वापतको रकम तुरुन्त पाएको केसीले बताईन् ।



प्रतिक्रिया दिनुहोस्