Logo

प्रधानमन्त्री ओलीमाथि यसरी खनिए प्रचण्ड (भिडिओसहित)



काठमाडौं, ६ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको संविधान, ऐन, कानून, नियम, मूल्य र मान्यता सबै दृष्टिकोणले नेकपाको आधिकारिकता कसले पाउँछ ? भनेर बहस गर्नुपर्ने विषय नभएको स्पष्ट पारेका छन् । आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै यस्तो बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको आधिकारिकता आफूहरुले पाउने भनेर गरेको दाबीमा सत्यता नभएको पनि उनको टिप्पणी छ । उनले ओलीलाई संविधान मिच्ने व्यक्तिको संज्ञा दिएका छन् । ओलीले देशलाई डुबाउन खोजेको दाहालको आरोप छ ।



प्रतिक्रिया दिनुहोस्