Logo

देउवा निवासमा पौडेलसहित केन्द्रीय सदस्यहरु भेला, ओली पक्षलाई सहयोग गर्ने कि दाहाल–नेपाललाई भन्नेमा विवाद !



काठमाडौं, ७ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रदेश नम्बर १ बाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरु सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित् निवासमा भेला भएका छन् । भेला हुनुको उद्देश्य छ–प्रदेश नम्बर १ मा नेकपा ओली पक्षलाई समर्थन गर्ने कि दाहाल–नेपाल पक्षलाई । सभापति देउवा भने प्रदेश नम्बर १ मा मुख्यमन्त्री शेरधन राईलाई नै सहयोग गर्ने पक्षमा उभिएका छन् । उनले त्यसको लागि वरिष्ठ नेता रामचन्द्र पौडेलसँग पनि छलफल तथा परामर्श गरिसकेका छन् । तर, पौडेल भने संसद पूनःस्थापना नभएसम्म कुनैपनि कदम चाल्न नहुने अडानमा छन् ।

सभापति देउवाले भने प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहकार्य गरेर जानुपर्ने तर्क राख्दै आएका छन् । ओलीसँगको सहकार्यले नै कांग्रेसलाई दिर्घकालिन रुपमा फाईदा पुग्ने उनको ठम्याई छ । प्रदेश नम्बर १ मा ओली पक्षधर मुख्यमन्त्री राईलाई समर्थन गर्दा बाग्मती प्रदेशमा ओलीसँग मिलेर आफ्नो पार्टीका नेता ईन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्री बनाईने पनि उनले आफ्नो योजना सुनाएका छन् ।

तर, पौडेल पक्षले भने ओलीले संविधानको हत्या गर्न खोजेको भन्दै ओली पक्षलाई कुनैपनि हालतमा समर्थन गर्न नसकिने भन्दै बरु एजेण्डाका हिसाबले दाहाल–नेपाल समूहसँग सहकार्य गरेर आन्दोलन गर्नुपर्ने आफ्नो निश्कर्ष सुनाएको छ । पौडेलले देउवासँग भनेका छन्,‘प्रदेश नम्बर १ मा पनि समर्थन नै गर्ने हो भने हामीले माधव–प्रचण्ड पक्षलाई समर्थन गरौं । यस्तो गर्दा बरु न्यायसंगत हुन्छ ।’ अहिले देउवा निवासमा छलफल जारी छ ।  File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्