Logo

भन्सार छलि ल्याएको डिजेल सहित पक्राउ



मोरङ, ७ माघ । अवैध रुपमा भन्सार छलि ल्याएको डिजेल सहित २ जना पक्राउ परेका छन् । बिराटनगर स्थित केशलिया सडकबाट सिटि रिक्सा र ४ वटा मोटरसाइकलमा बिना बिल अवैध रुपमा भन्सार छलि ल्याएको करिब १ हजार १ सय लिटर डिजेल सहित २ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले बुधबार बिहान पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा को.२ स १८०७ नम्बरको सिटि रिक्साका चालक बिराटनगरका ४५ वर्षीय नरेश सहनीलाई करिब ४ सय लिटर र बा.१६ प ३७०२ नम्बरको मोटरसाइकलका चालक सुनसरी साहेबगंज बस्ने १८ वर्षीय किशोरलाई करिब १ सय ७५ लिटर डिजेल सहित प्रहरीले पक्राउ गरेको जनाएको छ ।

साथै को.३ प ३३६१ नम्बर, को.२ प २४३० नम्बर र को.५ प ८८६७ नम्बरको मोटरसाइकलबाट जम्मा ५ सय २५ लिटर डिजेल समेत प्रहरीले बरामद गरेको छ । हाल फरार ३ जना मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

पक्राउ परेका व्यक्ति तथा सवारी साधनलाई आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी, विराटनगरमा बुझाइने जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्