Logo

अविवाहित महिलाले नवजात शिशुलाई झाडीमा फालेपछि…



काठमाडौं, ७ माघ । २० वर्षीया महिलाले बच्चालाई जन्म दिई झाडीमा फालिन् । विहानै बच्चा झाडीमा रोएको सुनेपछि उद्धार भयो ।

आज विहान काठमाडौंको महाराजगञ्जस्थित पवित्रानगरमा भएको घटनापछि नवजात शिशुलाई उपचारका लागि कान्ति बाल अस्पताल लगियो । त्यसपछि शिशु फाल्नेको खोजी हुँदा जन्म दिने महिला पत्ता लागिन् । उनलाई पक्राउ गरी उपचार भइरहेको बुझिएको छ ।

महिला अविवाहित हुन् । उनले लोकलाजले बच्चालाई फालेको हुनसक्ने बुझिएको छ । महिलासँग त्यसबारे सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।-सांकेतिक तस्बिर



प्रतिक्रिया दिनुहोस्