Logo

किशोरी बलात्कार गर्ने भारतीय किशोर पक्राउ



कञ्चनपुर, ७ माघ । जबरजस्ती करणी गरेको अभियोगमा एक किशोर पक्राउ परेका छन् । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बेलौरी नगरपालिका–४ बजार बस्ने भारत घर भएका २१ वर्षीय कुन्दन गुप्तालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

ती किशोरीलाई गुप्ताले पटकपटक जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्