Logo

प्रचण्डको उद्घोष : चुनावबाट भाग्ने सवालै छैन्, तर,..(भिडिओसहित)



काठमाडौं, ७ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू चुनावदेखि नभाग्ने स्पष्ट पारेका छन् । तर, संविधान र लोकतन्त्रलाई धरापमा पारेर चुनाव नहुने उनको भनाई छ । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै यस्तो बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई अदालतले पनि साथ दियो भने तपाईँ निर्वाचनमा चाहीँ जानुहुन्छ होईन ? सिधा प्रश्नको सिधा उत्तर दिनुहोस भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा दाहालले भने,‘म अहिले योबारेमा भन्दै भन्दिन्, अहिले निर्वाचनको बारेमा, संविधान मिचेर, लोकतन्त्रको हत्या गरेर जनतामा जाने भन्ने कुराको अर्थ केही पनि हुँदैन् ?’ होईन संविधान कहाँ मिचेको छ ? संविधानको धारा प्रयोग गरेर संसद विघटन गरेको होईन भन्ने धमलाको अर्को प्रश्नमा दाहालले आक्रोश पोखे–‘कहाँ धारा प्रयोग गरे ? ७६ वा ७७ छोड्दिनुहोस, त्यो धाराले संसद भंग गर्न दिएकै छैन् ।’ निर्वाचनले त संविधान र लोकतन्त्रलाई पनि झन धरापमा पार्छ भन्ने आफ्नो बुझाई रहेको दाहालको भनाई छ । संविधान मिचेर गरिने निर्वाचनले संविधानको रक्षा गर्न नसक्ने उनको दाबी छ । निर्वाचनमा प्रतिष्पर्धा गरेकै आएको र भविष्यमा पनि गरिने दाहालको भनाई छ । तर, निर्वाचनमा प्रतिष्पर्धा संविधानलाई ट्रयाकमा राखेर मात्रै गरिने पनि उनले जनाए ।

उनले चुनाव त एक वषृपछि आउँदै गरेको सुनाए । उनले भने,‘चुनावबाट भाग्ने कुरा हुन्छ ? यताउती गर्ने कुरा हुन्छ ? चुनाव त एक वर्षपछि हुन्छ हुन्छ, दुई वर्षपछि केन्द्रीय चुनाव पनि हुन्छ । चुनावबाट भाग्ने त सवाल नै छैन् । तर, यहाँ त संविधानको हत्या हुन दिने कि नदिने भन्ने सवाल हो ।’

FULL VIDEO :



प्रतिक्रिया दिनुहोस्