Logo

हातहतियार सहित २ जना पक्राउ



काठमाडौं, ७ माघ । विभिन्न हातहतियार सहित किशोर पक्राउ परेका छन् । जनकपुर उपमहानगरपालिका–१९ बाउन्न बिघा जाने बाटो नजिकबाट २ थान कटुवा पेस्तोल सहित लक्ष्मिनियाँ सोहनीका १८ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उक्त हतियार सहित फेला पारी ती किशोरलाई पक्राउ गरेको जनाएको छ ।

त्यस्तै, बाजुराको छेडेदह गाउँपालिका–६ सुदाडा बस्ने ३० वर्षीय लाल सेजुवाललाई ३ थान भरुवा बन्दुक, १ थान जङ्गली जनावर घोरल र रतुवाको जस्तो देखिने २ थान छाला सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरीले सेजुवालको घर तलासी लिने क्रममा उक्त हतियार र छाला सहित फेला पारी उनलाई पक्राउ गरेको हो । घटनामा संलग्न फरार अन्य २ जनाको प्रहरीले खोजी गरिरहेको जानकारी दिएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्