Logo

लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ



बारा, ७ माघ । लेनदेन मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । लेनदेन मुद्दाका फरार प्रतिवादी पचरौता नगरपालिका-३ बस्ने राजेश्वर दास तत्मा सोमबार पक्राउ परेका हुन् ।

जिल्ला अदालत बाराको फैसलाले लेनदेन मुद्दामा १ वर्ष कैद ठहर भई फरार रहेका उनलाई प्रहरी चौकी श्रीनगर बैरिया बाराबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

तत्मालाई जिल्ला अदालत बारामा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्