Logo

चन्द्रागिरी हिल्सको शेयर शुक्रबार बाँडफाँट हुने, आज आईपीओ प्रि अलोटमेण्ट हुँदै



काठमाडौं, ७ माघ । चन्द्रागिरी हिल्सको शेयर शुक्रबार बाँडफाँट गर्ने भएकोले बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आज प्रि अलोटमेण्ट गर्न लागेको जनाएको छ । ग्लोबल आईएमई क्यापिटलले शुक्रबारसम्म १५ लाख ३४ हजार ९१ कित्ता शेयर आईपीओ बाँडफाँट गर्ने गरी तयारीमा जुटेको हो ।

हिल्सले पुस २४ गते देखि २८ गतेसम्म आवेदन दिन सकिने १५ करोड ३४ लाख ९ हजार १ सय रुपैयाँ बराबरको शेयर निष्कासन तथा बिक्रि खुला गरेको थियो । १५ लाख ३४ हजार ९१ कित्ता आईपीओ निष्कासन गरेको कुल शेयरमध्ये ४ प्रतिशत वा ६१ हजार ३६४ कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशत वा ७६ हजार ७०५ कित्ता सामुहिक लगानीकोषहरुको लागि छुट्टाइएको छ ।

कम्पनीको शेयरमा १० लाख ६७ हजार ८९३ वटा आवेदनबाट २ करोड १० लाख ५२ हजार ३२० कित्ता आवेदन परेको छ । २ अर्ब १० करोड ५२ लाख ३२ हजार रुपैयाँ बराबरको आवेदन परेको हिल्सले जनाएको छ ।
कम्पनीको आईपीओमा आवेदन दिने मध्ये १ लाख ३९ हजार ६०२ जनाले मात्र १० कित्ताका दरले शेयर पाउनेछन् भने ११ लाख भन्दा धेरैको हात खाली हुने अनुमान गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्