Logo

बाबुरामको यो भेष



काठमाडौं, ७ माघ । जनता समाजवादी पार्टीको संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई आमसभाका लागि काठमाडौंबाट धनगढीतर्फ उड्दै थिए । तर, जहाज ढिलो भयो ।

मौसम प्रतिकूलताका कारण विहान ८ बजे उड्नुपर्ने विमान दिउँसो १२ बजेमात्र पुग्यो । उनी धनगढीमा १ बजे मात्र पुगे ।

विमानस्थलबाट सिधै कार्यक्रमस्थल हान्निएका भट्टराईको हातमा झोला नै थियो । विमान चढ्दा लगाएको मास्क र फेस मास्क पनि निकालेका थिएनन् । उनको विमानस्थल र कार्यक्रमस्थलमा स्वागत भयो । त्यतिबेला भट्टराई यो भेषमा देखिए ।



प्रतिक्रिया दिनुहोस्