Logo

आँखाको शल्यक्रिया गरेर बसेकाहरुलाई गुर्जोको चिया सेवन गराईयो (फोटोफिचर)



काठमाडौं, ७ माघ । गुर्जो अभियन्ता कमलबहादुर राजलवटले रेयुकाई एईको मासुनागा आँखा अस्पत्ताल, बनेपा, काभ्रेमा अस्पत्ताल कर्मचारी, आँखाको शल्यक्रिया गरेर बसेका ब्यक्तिहरू सबैलाई गुर्जाेको चिया खुवाउदै गुर्जाेको चिया पयाकेट, धुलो औषधी बितरण गरेका छन् ।  सेवाको क्षणमा आँखाको शल्यक्रिया गरेर बसेकाहरूलाई गुर्जाेको सेवनले ‘जवान र पहलवान’ हुन्छ भनी ठट्यौली पारामा सबैलाई हसाएर गुर्जाेको वास्तविक फाईदासमेत बताईएको जानकारी राजलवटले दिए ।

उनकाअनुसार सोही दिन योग साधना केन्द्र धुलिखेलमा उपस्थित् सबै समधक/साधिकाहरूलाई एरोविक र योग गराउँदै गुर्जाेको चिया खुवाईनुको साथै गुर्जाको चिया प्याकेट र धुलो औषधी बितरण गरिएको छ । उक्त कार्यक्रममा छोरा काव्य राजलवटको सक्रिय सहयोग रहेको थियो । तस्विर : राजलवटको फेशबुक



प्रतिक्रिया दिनुहोस्