Logo

पिपुल्स हाइड्रोपावरको शेयर निष्काशन तथा विक्रि प्रबन्धकमा सानिमा क्यापिटल



काठमाडौं, ८ माघ । पिपुल्स हाइड्रोपावरको प्राथमिक शेयर निष्काशनको लागि निष्काशन तथा विक्रि प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले लमजुङ्ग जिल्लामा निर्मााण गर्न लागेको सुपर दोर्दी जल विद्युत आयोजना ‘ख’ ५४ मे.वा. निर्माण गरीरहेको र सो मा लगानी गर्न आवश्यक स्वपुँजी समेत लगानी गर्न आफ्नो जारी पूँजी अक्षरेपी दुई अर्व ७५ करोड मध्ये ८२ करोड ५० लाख बराबरको रु.१०० अंकित दरको ८२,५०,००० कित्ता शेयरहरु आयोजना प्रभावित क्षेत्रका स्थानियवासी तथा सर्वसाधारण लगानीकर्तामा निष्काशन गर्नको लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

सो क्रममा सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री भिष्म राज चालिसे र पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडका तर्फ बाट प्रवन्ध निर्देशक श्री केशव वहादुर रायमाझीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

पिपुल्स हाईड्रोपावर कम्पनी लिमिटेड कम्पनी ऐन, २०६३ बमोजिम मिति २०६४ साल आश्विन २२ गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा प्रा.लि.को रुपमा दर्ता भई मिति २०७५ फाल्गुण १५गते देखि पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको कम्पनी हो । कम्पनीको गण्डकी प्रदेश, लमजुङ्ग जिल्लाको दोर्दि गाउँपालिका (तत्कालीन ढोडेनीे/फलेनी गा.वि.स.) मा बहने दोर्दीखोलाको पानी प्रयोग गरी निर्माण गर्न लागेको आयोजना करिव ७०५ सम्पन्न भएको छ । आगामी २०७८ साल असोज महिना भित्र विद्युतको व्यापारिक उत्पादन प्रारम्भ गर्ने योजना रहेको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्