Logo

Nepaledufair.com को चौथो भर्चुअल शैक्षिक मेला सुरु



काठमाडौं, ७ माघ । Nepaledufair.com को चौथो भर्चुअल शैक्षिक मेला सुरु बिहीबारदेखि सुरु भएको छ । विगत वर्षमा झैँ यो वर्ष पनि हामीले प्लस टु उत्तीर्ण गरी स्नातक तहमा पढ्ने तयारी गरेका विद्यार्थीलाई सहजीकरण गर्ने उद्देश्यले भर्चुअल शैक्षिक मेलाको आयोजना गरेको हो ।

मेलामा कक्षा १२ पछि के पढ्ने ? कुन विषय पढेकाले के पढ्न पाउँछन् ? पढेपछि के बन्ने ? के–कस्ता अवसर छन् ? विषय कसरी छनोट गर्ने ? नेपालमा के–कस्ता विषयको पढाइ हुन्छ ? विश्व बजारमा प्रतिस्पर्धा गर्न कुन विषय उपयुक्त हुन्छ ? कक्षा १२ उत्तीर्ण भएका विद्यार्थीलाई विषयको महत्व, सम्भावना, छनोट आदिका विषयमा सहजीकरण गरिन्छ ।
पहिले परामर्शका लागि विद्यार्थी कलेज धाउनुपर्ने बाध्यता थियो । त्यसलाई मध्यनजर गरेर विद्यार्थी, अभिभावक र कलेजलाई जोड्ने पुलको रूपमा भर्चुअल शैक्षिक मेला आयोजना भएको हो ।

अर्कोतर्फ अहिले कोरोना महामारीले विश्व नै आक्रान्त छ । यस्तो अवस्थामा भर्चुअल मेलाको विकल्प छैन । तर, हामीले कोरोनाअगावै पनि भर्चुअल रूपमा नै यस्ता मेलाहरू गर्दै आएका थियौँ । विज्ञान र प्रविधिको युगमा भर्चुअल मेलालाई नै अनुसरण गर्नुको विकल्प पनि छैन ।

मेलामा स्नातक तह अध्ययन अध्यापन गराउने उत्कृष्ट २० वटा कलेजको सहभागिता छ । र, प्रत्येक वर्ष हामीले ‘शिलापत्र उज्ज्वल स्कलरसिप’ अन्तर्गत विद्यार्थीलाई सतप्रतिशत छात्रवृत्ति प्रदान गर्दै आएका छौँ । यो वर्ष पनि हामीले विद्यार्थीलाई स्नातक तहमा नौवटा विषयमा र प्लस टु तहमा ३५ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउँदैछौँ ।

अघिल्ला वर्षमा छात्रवृत्ति पाएका विद्यार्थीहरूले अहिले उच्च शिक्षा हासिल गर्दै हुनुहुन्छ । हामीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत स्कलरसिप दिँदै आएका हौँ । यसलाई हामीले प्रत्येक वर्ष निरन्तरता दिँदै र छात्रवृत्ति पनि बढाउँदै आएका छौँ । त्यस्तै, यहि ८ माघ देखि प्रत्येक दिन साँझ ६ देखि ६ः३० बजेसम्म शिलापत्रबाट ‘एडु टक’ लाइभ कार्यक्रम प्रसारण हुनेछ । उक्त कार्यक्रम युथ मोटिभेटर सौनक भट्टले संचालन गर्नेछन् ।

एडु टक कार्यक्रममा प्रत्येक दिन एक जनालाई एउटा भिभो मोबाइल गिफ्ट दिइनेछ । त्यस्तै, ई–सेवाबाट ल्यापटप र लभउबभिमगाबष्च।अयm भिजिट गरेर ई–सेवामा क्लिक गर्नेबित्तिकै ५० रुपैयाँ क्यास ब्याक आउनेछ । २० गतेसम्म चल्ने मेलामा तपाईं सम्पूर्णले साथ र सयोग गर्नुहुनेछ भन्ने अपेक्षा छ ।



प्रतिक्रिया दिनुहोस्