Logo

अधिवक्ता अर्याल भन्छन्–राष्ट्रपतिले संसदलाई फेरि क्रियाशील हुने बाटो ल्याउन सक्नुहुन्छ



काठमाडौं, ८ माघ । संघीय संसदअन्तर्गतगको प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दाको आज पाँचौ दिन पनि संवैधानिक इजलासमा सुनुवाई जारी छ । आजको पहिलो बहस अधिवक्ता ओमप्रकाश अर्यालले गरेका छन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारीले जनताको प्रतिनिधिमूलक संस्था विघटन गर्ने निर्णय फिर्ता लिनुपर्ने धारणा राखेका छन् । उनले भने,’राष्ट्रपति स्वयंले प्रतिनिधिसभा विघटनको सूचना फिर्ता लिँदा हुन्छ । राष्ट्रपतिले जनताको नासो जनतामा फर्काउन सक्नुहुन्छ । संसद्लाई फेरि क्रियाशील हुने बाटो ल्याउन सक्नुहुन्छ ।’



प्रतिक्रिया दिनुहोस्