Logo

भारतले दिएको खोप काठमाडौंमा, कति प्रभावकारिता छ ? डा. पुन यसो भन्छन् (भिडिओसहित)



काठमाडौं, ८ माघ । सुरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले आजबाट नेपालमा आएको कोरोनाविरुद्धको खोपको प्रभावकारिता ७० प्रतिशत रहेको स्पष्ट पारेका छन् । यसको साईड ईफेक्ट सामान्य भएपनि जटिल असर नपरेको उनको दाबी छ । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. पुनले यस्तो बताएका हुन् । उनले पहिलो पँक्तिमा रहेर सेवामा खटिनेहरुलाई नै खोप पहिलो प्राथमिकतामा पर्ने भनेर सरकारले तयारी गरेको पनि सुनाए । उनले खोप सबै जिल्लामा पुर्याउनेगरि व्यवस्थापन गरिएको पनि जनाए ।



प्रतिक्रिया दिनुहोस्