Logo

बाबुरामको टिप्पणी : कोरोनाविरुद्धको खोप पनि मागेर लगाउनुपर्ने अवस्था छ



काठमाडौं, ८ माघ । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले कोरोना महामारीविरुद्धको खोप पनि मागेर लगाउनुपर्ने अवस्था रहेको भन्दै सरकारप्रति व्यंग्य कसेका छन् । उनले सामाजिक सञ्जाल टिव्टरमार्फत लेखेका छन्,‘‘‘मागेको धोतीले मेरो लाज छोपिन्न..’भन्ने गीत रेडियोमा खुबै सुनिन्थ्यो!ऐले कोरोना माहामारी विरूद्धको खोप पनि मागेर लगाउनुपर्ने अवस्था छ। त्यो पनि चार लाख अर्थात् डेढ प्रतिशत जनतालाई मात्र पुग्ने रे!बाॅकीलाई कहिलेसम्म होला;कता हात थाप्ने होला?फेरि कोरोना संगसंगै ओली भाइरससंग लड्नु छ!”



प्रतिक्रिया दिनुहोस्