Logo

अर्थमन्त्री पौडेलको दाबी : प्रतिनिधिसभा पूनःस्थापना हुन सक्दैन् (भिडिओसहित)



काठमाडौं, ८ माघ । अर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहका महासचिव विष्णु प्रसाद पौडेलले संसद पूनःस्थापना हुनै नसक्ने ठोकुवा गरेका छन् । उनले मुलुक निर्वाचनतर्फ होमिएको जिकिर गरेका छन् । आज (बिहीबार) ओली पक्षीइ प्रेस संगठनको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले भने,‘प्रतिनिधिसभा पूनःस्थापनाको कुनै सम्भावना छैन् ।’ यद्धपी उनले आफूहरुले सर्वोच्च अदालतको निर्णयलाई हार्दिकताका साथ स्विकार गर्ने स्पष्ट पारे । अब अनुशासित प्रतिनिधिसभाको निम्ति आफूहरु नयाँ निर्वाचनमा जान लागेको जिकिर गरे । Photo Source: Surya Thapa/PM’s Press Advisor



प्रतिक्रिया दिनुहोस्