Logo

प्रधानमन्त्रीज्यूले मलाई प्रमोट गरेर आर्थिक सल्लाहकार बनाउनुभयो, म उहाँलाई हरेक किसिमको सहयोग गर्छु : प्रधानमन्त्री ओलीका आर्थिक सल्लाहकार दुगड (भिडिओसहित)



काठमाडौं, ८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीका नवनियुक्त आर्थिक सल्लाहकार तथा निवर्तमान उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले आफूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले महत्वपूर्ण जिम्मेवारी दिएको उल्लेख गर्दै आफ्नो जिम्मेवारीमा खरो उत्रिने र प्रधानमन्त्रीलाई हरेक किसिमको सहयोग गर्ने विश्वास दिलाएका छन् ।

आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै दुगडले यस्तो बताएका हुन् । उनले भने,‘मैले १३ महिना उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीको रुपमा काम गरेको छु । यो मन्त्रालयमा काम गरेवापत मैले धेरै प्रशंसा पाएँ । यो महामारीको बेलामा मन्त्रालय र्याकिङमा नम्वर वानमा परेको सुन्न पाएँ । यो थाहा पाउँदा खुशी लाग्यो । हामीले एकदम ईमानदार भएर र पारदर्शी ढंगले काम गरेको हो । भीजन र कन्फिडेन्स भएको र विल पावर भएकोले राम्रो काम गरें । भीन्न फेस भएको व्यक्तिले राम्रो काम गर्न सकेको कुरा भयो । हाम्रो कामले जनतामा राहत भयो । निजी क्षेत्रको लागि पनि राम्रो प्रतिक्रिया हो । हाम्रो मन्त्रालय भनेको निजी क्षेत्रको प्यारेन्ट्स हो । हामीले काम गर्ने सिस्टम चेन्ज गर्यौं । दुई दिनमा काम गर्ने वातावरण बनायौं । बढिमा तीन दिनमा काम गरिदिनेगरि नयाँ प्रणालीले काम सुरु गर्यौं । नीति पनि त्यहीअनुसार बनायौं । सबै सचिव, सहसचिवले सहयोग गर्नुभयो ।’

क्लबका सभापति ऋषि धमलाको सभातिपत्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले कोभिड–१९ को महामारीको समयमा कुनै वस्तुको अभाव हुन नदिएको पनि स्पष्ट पारे । उनले भने,‘हामीले प्याण्डेमिकको समयमा घर–घरमा खाद्यान्न पुर्यायौं । हामीले कालोबजारी हुन दिएनौं । राहत वितरणहरु पनि गर्यौं । हामी एक दिन पनि घरमा बसेनौं । रातदिन काम गर्यौं । प्रधानमन्त्रीज्यूले प्रमोट गरेर अहिले मलाई आँफैसँग राखनुभयो । मैले गरेको कामको प्रशंसा गर्नुभयो । पफर्मेन्स राम्रो भयो भनेर भन्नुभयो । अहिले जुन जिम्मेवारी दिनुभयो, मैले यसलाई गम्भीर चूनौतिको रुपमा लिएको छु ।’

सल्लाहकार दुगडले कोरोना महामारीले गर्दा अर्थतन्त्र जर्जर भएको उल्लेख गर्दै यसलाई सुचारू गर्नुपर्ने चूनौति रहेको सुनाए । उनले भने,‘अहिले राजश्व घटेको छ । बेरोजगारी बढेको छ । नयाँ लगानी आएको छैन् । लगानी गर्न मान्छेहरु डराईरहको छन् । प्रधानमन्त्रीज्यू समृद्ध नेपाल बनाउन लाग्नुभएको छ । म पनि उहाँलाई कसरी सहयोग पुर्याउन सक्छु भनेर लागेको छु । म पारदर्शी व्यक्ति हुँ ।’

उनले देशको समृद्धि निजी क्षेत्रको हातमा रहेको उल्लेख गर्दै निजी क्षेत्र समृद्ध हुनुपर्ने धारणा राखे । उनले भने,‘हामीले यसलाई विशेष प्रोत्साहित गर्नुपर्छ । निजी क्षेत्रको मनोबल गिर्न दिनुहुँदैन् । म पनि निजी क्षेत्रबाट आएको व्यक्ति हुँ । मलाई समस्या थाहा छ । राम्रो र सही काम गर्ने उद्योगी तथा व्यवसायीहरुाई अगाढि बढाउनुपर्छ । म आफ्नो भूमिकामा खरो उत्रिन्छु । म प्रधानमन्त्रीलाई पूरा सहयोग गर्नेछु । दक्ष जनशिक्तको अभाव हुन नदिई ठूला–ठूला परियोजना सम्पन्न गर्नुपर्छ । पुँजी त चाहिन्छ । पैसा खर्च हुनुपर्छ । पैसाको फ्लो बढ्छ । पुँजीको सर्कुलेशन हुनु बहुत आवश्यकत्ता छ ।’

 उनले निजी क्षेत्रलाइ प्रोत्सहान, पुँजीगत खर्च बढाउने र विकास आयोजना अघि बढाउने आफूहरुको मुख्य योजना रहेको सुनाए । उनले भने,‘हामीसँग धेरै राम्रो फ्युचर छ । अहिले राजनीतिमा अलिकति तरलता आएको छ । यसले विकासमा कुनै अवरोध हुँदैन् । यो राजनीतिक तरलता भैरहन्छन् । यो नियमित प्रक्रिया हो । प्रधानमन्त्री सजिलो व्यक्ति हो । स्वेच्छाले ताजा जनादेशमा जान्छु भननुभएको हो । सरकारले राम्रोसँग सञ्चालन गर्न सकेको छैन भन्ने लाग्छ भने जनताको बीचमा जाने कुरा न्यायसंगत हो नि । यदि प्रधानमन्त्रीज्यूलाई कुर्सीको मोह भएको भए त उहाँले चुनाव किन घोषणा गर्नुहुन्थ्यो ? उहाँलाई काुर्सीको मोह छैन् । सरकारले काम गर्न सकेको छैन भन्ने शंका छ भने जनादेश खोजौं भन्नुभयो । यसबाट कोही पनि विचलित हुनुहुँदैन् । संसद विघटन पहिलोपटक भएको होईन् । भारतमा पनि विघटन भएको छ । अन्य मुलुकमा पनि भएका छन् । संसद विघटन र चुनाव हुने भएर देशमा कुनै किसिमको बदलावा आउँछ, अस्थिरता हुन्छ भनेर भ्रमपूर्ण कुरा फैलाईएको छ । यो गलत हो ।’

उनले चुनावबाट कोही पनि डराउनु नहुने स्पष्ट पारे । उनले भने,‘आफ्नै साथीहरुले हठ प्रयोग गरेर । प्रममाथि विभिन्न चार्जहरु लगाईयो । बरु, उहाँले चूनौति दिनुभयो–एउटा पनि आरोप प्रमाणित गरे जस्तोसुकै सजाय भोग्छु भन्नुभयो । चार्ज लगाएरमात्रै हुँदैन् । त्यो प्रमाणित हुनुपर्यो । दुई तिहाईको सरकारलाई विस्थापित गर्न खोजियो । पाँच वर्षसम्म अध्यक्ष र पाँच वर्षसम्म प्रधानमन्त्री हुने सुविधा र बहुमत थियो, तर उहाँले चुनावमा जाने निर्णय गर्नुभयो । जनताको मत लिने कुरा त राम्रो हो ।’

उनले आफू पनि प्रधानमन्त्रीको साथमा उभिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीलाई हरेक किसिमको सहयोग गर्ने विश्वास दिलाए । उनले भने,‘उहाँले मलाई अहिले महत्वपूर्ण जिम्मेवारी दिनुभएको छ, युवराज खतिवडाको पोष्टमा ल्याएर बसाउनुभएको छ । देशको विकास र समृद्धिको लागि के–के गर्न सकिन्छ ? म सँधैं गर्न तयार छु ।’



प्रतिक्रिया दिनुहोस्