Logo

कोरोनाविरुद्धको भ्याक्सिन उत्पादक सेरममा आगलागी



एजेन्सी, ८ माघ । भारतमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन उत्पादक सेरम इन्स्टिच्युटमा आगलागी भएको छ । आगलागीबाट त्यहाँको एक युनिटमा क्षति पुगेको छ ।

समाचार एजेन्सी एएनआईका अनुसार रोटाभाइरससम्बन्धी प्लान्टमा आगलागी भएको हो । तर, कोभिशिल्ड उत्पादक युनिट भने सुरक्षित रहेको छ ।

सेरमका प्रमुख कार्यकारी अधिकृत अडर पुनावालाले ट्वीट गर्दै आगलागीबाट कुनै मानवीय क्षति नभएको बताएका छन् । उनले केही तल्ला ध्वस्त भएको जानकारी दिएका छन् ।- तस्बिर स्रोतः एएनआइ



प्रतिक्रिया दिनुहोस्