Logo

प्रधानमन्त्री ओलीले भनेः भारतबाट संकटको घडीमा उदारताका साथ सहयोग



काठमाडौं, ८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले संकटको घडीमा भारतले कोरोना भाइरसविरुद्धको भ्याक्सिन सहयोग गरेकोमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन् । आज भारतीय राजदूत विनय मोहन क्वात्राले प्रधानमन्त्री ओलीलाई १० लाख डोज भ्याक्सिन हस्तान्तरण गरेको बालुवाटारमा आयोजित कार्यक्रममा धन्यवाद व्यक्त गरेका हुन् ।

भारत आफ्ना नागरिकलाई भ्याक्सिन दिइरहेको बखतमा पनि सहयोगका लागि बढेको भन्दै ओलीले भने,‘म प्रधानमन्त्री श्री नरेन्द्र मोदीजी, भारत सरकार र भारतीय जनतालाई एक लाख डोज कोभिड भ्याक्सिनको उदार सहयोगका लागि धन्यवाद व्यक्त गर्दछु ।’

भारतले विश्वकै सबैभन्दा ठुलो कोरोनाविरुद्धको भ्याक्सिन अभियान शुरु गरेलगत्तै छिमेकीलाई पनि भ्याक्सिन सहयोग गरेको छ । नेपालले १० लाख भ्याक्सिन अनुदान स्वरुप पाएको छ । यो सेरम इन्स्टिच्युटले उत्पादन गरेको अक्सफोर्ड भ्याक्सिन हो जसलाई कोभिशिल्ड नाम दिइएको छ ।-तस्बिरः मुकुन्द कालिकोटे रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्