Logo

भीम रावललाई ‘मतिभ्रष्ट’ भन्दै ओलीको व्यङ्ग्य: बुद्धि कोल्टे भएको भर्खर भर्खर डा लेख्न थालेको



काठमाडौं, ८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य भीम रावलको बुद्धि कोल्टे भएको टिप्पणी गरेका छन् । उनले रावलमाथि महिलाको अपमान हुने गरी बोलेको भन्दै आलोचना समेत गरे ।

‘भर्खर भर्खर डा लेख्न थालेकाले महिलाको किड्नी राखेकाले केपी ओलीको दिमागले काम गर्दैन भनेछन्,’ ओलीले प्रेस संगठनमा आवद्ध आफू निकट पत्रकारहरुले राजधानीमा आयोजना गरेको कार्यक्रममा भने,‘बुद्धि त्यस्तो कोल्टे नपरोस् ।’ उनले रावलको बुद्धि ठिक बाटोमा नभएको र मतिभ्रष्ट भएको टिप्पणी समेत गरे ।

रावलको नाम नलिई उनीप्रति व्यङ्ग्य गर्दै बुद्धिमान मान्छे मतिभ्रष्ट भयो भने खतरनाक हुने बताए । उनले भने,‘बुद्धिमान मान्छे मतिभ्रष्ट भयो भने गलत काममा बुद्धि लगाउँछ ।’

यसअघि रावलले केपी ओलीले महिलाको किड्नी प्रत्यारोपण गरेकाले ठिक तरिकाले दिमागले काम नगरेको भनी रावलले टिप्पणी गरेको खबरहरु आएका थिए । तर, रावलले त्यसलाई कुप्रचार भनी खण्डन गरेका थिए । ओलीले यही विषय उठाएर रावलको आलोचना गर्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्