Logo

पुलिस र गण्डकी प्रदेशको जित, कुन कुनले हारे ?



माघ ८, काठमाण्डौ । नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । टियु क्रिकेट मैदानमा बिहीबार भएको खेलमा लुम्बिनी प्रदेशलाई ७४ रनले पराजित गर्दै पुलिसले दोस्रो जित निकालेको हो । पुलिसले दिएको ३ सय ११ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको लुम्बिनीले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ३६ रन मात्र बनाउन सक्यो । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले ५० ओभरमा ४ विकेट गुमाएर ३ सय १० रन बनाएको थियो ।

जितसँगै समूह बी मा रहेको पुलिसले ३ खेलमा ४ अंक जोडेको छ । पुलिस दोस्रो स्थानमा रहेको छ । लुम्बिनीले २ खेलमा २ अंक जोडेको छ । लुम्बिनी तेस्रो स्थानमा रहेको छ ।

त्यस्तै बिहीबार नै भएको अर्को खेलमा गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गर्दै एपीएफले लगातार दोस्रो जित निकालेको छ । मुलपानी क्रिकेट मैदानमा गण्डकीले दिएको १ सय ७ रनको लक्ष्य एपीएफले १७ ओभर ३ बलमा ४ विकेट गुमाएर पुरा गर्यो ।

यस अघि पहिले ब्याटिङ गरेको गण्डकीले ४६ ओभरमा अलआउट हुँदै १ सय ६ रन बनाएको थियो । जितसंगै समूह ए को एपीएफले २ खेलमा ४ अंक जोडेको छ । यस अघि एपीएफले पहिलो खेलमा प्रदेश–१ लाई हराएको थियो । गण्डकीको यो तेस्रो हार हो ।



प्रतिक्रिया दिनुहोस्