Logo

एपीएफको जितमा सावित्रा भण्डारीको ह्याट्रिक, वालिङ र विराटनगरको बराबरी



माघ ८, काठमाण्डौ । साविक विजेता एपीएफ क्लबले राष्ट्रिय महिला लिग फुटबलमा विजयी सुरुवात गरेको छ । बिहीबार भएको खेलमा रौतहटको चन्द्रपुर नगरपालिकालाई ६–० गोल अन्तरले हराउँदै एपीएफले सुखद सुरुवात गरेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपीएफलाई जित दिलाउन सावित्रा भण्डारीले ह्याट्रिक गरिन् । यस्तै कप्तान अनिता बस्नेत, अन्जली कुमारी योन्जन र प्रिती राईले एक एक गोल थपिन् । जितसंगै एपीएफले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ । त्यस्तै बिहीबार नै वालिङ नगरपालिका स्याङ्जा र विराटनगर महानगरपालिका मोरङले बराबरी खेल्दै अंक बाडेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा वालिङ र विराटनगरले १–१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् । प्रतियोगिताको तेस्रो दिन शुक्रबार एक खेल हुनेछ । उदयपुरको चौदण्डीगढी र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।



प्रतिक्रिया दिनुहोस्