Logo

पैसा नपाएपछि उखु किसान फेरी आन्दोलित, यस्तो छ विरोध कार्यक्रम



माघ ८, काठमाण्डौ । उखु किसान संर्घष समितलिे दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । पटक पटक उद्मोग वाणिज्य तथा आपुर्ती मन्त्रालयसंग सम्झौता गरेको उखु किसान संर्घष समितीले सरकारले तोकेको समयअवधीमा उखुको बक्यौता रकम दिलाउन नसके पछि अन्तत माघ १० गते बाट दोस्रो चरणको आन्दोलनको घोषणा गरेको हो । सरकार र उखु किसानका प्रतिनिधी बिच गत २०७७ पुस १३ गते ४ बुदे सम्झौता भएको थियो ।

उक्त सम्झौता अनुसार २१ दिने अल्टिमेटमको समय उपलब्ध गराइएको थियो । २०७७ माघ ५ गते सरकारले लिएको समय पुरा भइसकेको छ । समय सिमा पुरा भइसक्दा पनि सरकारले बाकी रकम दिन सकेको छैन । उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालयले माघ ५ गते रु ६५ करोड कबुल गरेको रकम मध्ये रु ५७ करोड भुक्तानी गराइसकेको र बाकी रहेको ८ करोड रकम पनि मन्त्रालयको नियन्त्रणमा आइसकेको भनेर मौखिक जानकारी गराएको थियो । नियन्त्रणमा आएको पैसा कता कुन अवस्थामा छ भन्ने केही अतो पतो छैन ।

मन्त्रालयले किसानले उद्योगीबाट कति पाउने पर्ने र कति पाए भन्ने विवरण सम्म पनि देखाएको छैन । विवरण सार्वजनिक गराउन मन्त्रालय संग पटक पटक आग्रह गराउदा सम्म पनि मन्त्रालयले विवरण सार्वजनिक गर्न आनाकानी गरेकोले प्रमाण सहित विवरण सार्वजनिक नगरे सम्म न्यायीक आन्दोलन जारी राख्ने विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्ती अनुसार २०७७ माघ १० गते देखी फाल्गुण ७ गते सम्म किसान जागरण अभियान, फाल्गुण ८ गते बाट १४ गते सम्म कालो पट्ी बाधेर खेतमा काम गर्ने,फाल्गुण १५ गते देखि २१ ग्ते सम्म एक छाक उपवास बसेर खेतमा काम गर्ने र त्यस पछि तेस्रो चरणको आन्दोलन घोषणा गर्ने किसानको तयारी छ ।



प्रतिक्रिया दिनुहोस्