Logo

न्यायालयले धर्म नछाडे संसद विघटन खारेज हुन्छ : नेता ढुंगेल



काभ्रे, ८ माघ । संसद विघटनको विरोधमा नेपाली कांग्रेसले आज देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शन गरेको छ । विभिन्न ठाउँका प्रदर्शनलाई जिल्ला , केन्द्र तहका नेताहरूले सम्बोधन गरेका थिए । यसै क्रममा नेपाली कांग्रेसका युवा नेता एवं नेविसंघ पुर्व केन्द्रीय सदस्य रत्नहरी ढुंगेलले काभ्रेको भुम्लुमा भएको प्रदर्शनलाई सम्बोधन गरेका छन् ।

उक्त कार्यक्रममा ढुंगेलले संसद विघटनलाई संविधानमा भएको व्यवस्था प्रतिकुल र जनभावना विपरितको कार्य भएको टिप्पणी गरेका छन् । अदालत अदालत जस्तो मात्र रह्यो भने संसद विघटन असंवैधानिक भएको पुष्टि हुन्छ ढुंगेलले भने-“देशको ध्यान कांग्रेस र न्यायलयमा केन्द्रित छ ।” अब कांग्रेसले देशलाई बाटो देखाउँछ भन्नेमा सबै नेपाली नागरिक ढुक्क रहेका साथै सरकारको गलत निर्णय न्यायलयले सच्याउनेमा देशबासि विश्वस्त रहेको बताए ।

देशका सबै परिवर्तनको नेतृत्व गरेको कांग्रेसलाई कम नआक्न दुबै थरि नेकपा लाई चुनौती दिन्छु ढुंगेलले थपे-“पार्टीको आन्तरिक विवाद मिलाउन नसक्ने कम्युनिस्टहरुले देशलाई बचाउन सक्दैनन् । अब देशले शान्ति विकास र अग्रगामी परिवर्तनका लागि कांग्रेस रोज्छ। हामी पार लगाउँछु तपाईहरु ढुक्क रहनोस ।”

कार्यक्रम ढुंगेलको प्रमुख आतिथ्यतामा तथा नेपाली कांग्रेसको तर्फबाट भुम्लु गाउँपालिका प्रमुख प्रत्याशी उम्मेदवार तस्बिर लामा र नेविसंघ नेता नारायण हमालको बिशिस्ट आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रमको अध्यक्षता नेका भुम्लु-४ कार्य समिति अध्यक्ष सुर्य बहादुर तामाङको अध्यक्षतामा सम्पन्न भएको स्थानीय कांग्रेस नेता सुजन लामाले बताए ।

संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर नेपाली कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्