Logo

मोदीलाई ओलीको धन्यवाद, मोदीले भने-नेपाली जनतालाई सहयोग गर्न भारत सधैं प्रतिबद्ध



काठमाडौं, ८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ विरुद्धको भ्याक्सिन उपलब्ध गराएकोमा भारत सरकार र खासगरी प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन् । भारतले नेपाललाई १० लाख डोज कोरोना खोप उपलव्ध गराएलगत्तै प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, त्यहाँको सरकार र भारतीय जनतालाई आज सामाजिक सञ्जाल ट्वीटरमार्फत धन्यवाद दिएका हुन् । ओलीले यस्तो विषम परिस्थितिमा पनि नेपाललाई दश लाख डोज भ्याक्सिन उपलब्ध गराएकोमा भारत सरकारलाई धन्यवाद भनेका हुन् ।

उता, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ओलीको धन्यवाद टिव्टबारे जवाफ दिँदै भारत सधैं नेपाल र नेपाली जनतालाई सहयोग गर्न प्रतिबद्ध रहेको विश्वास दिलाएका छन् । उनले कोभिड-१९ विरुद्धको लडाइँमा नेपाली जनतालाई सहयोग गर्न भारत सधैं प्रतिबद्ध रहेको बताएका हुन् । मोदीले भारतमा बनाइएका खोपहरूले महामारी नियन्त्रण गर्ने विश्वव्यापी प्रयासमा पनि योगदान पुर्याउने स्पष्ट पारेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्