Logo

भारतीय रुपैयाँसहित एक पक्राउ



कपिलवस्तु, ९ माघ । सशस्त्र प्रहरीको टोलीले कपिलवस्तुको कृष्णनगर नगरपालिका २ स्थित लिङ्क गेटबाट माघ ८ गते ५ लाख ३४ हजार ५ सय ७५ भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरको छ ।

पक्राउ पर्नेमा बाग्लुङ्ग जिल्लाको निसीखोला गाउँपालिका ५ बस्ने ३१ वर्षिय भागीलाल वि.क. छन् । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट कृष्णनगरबाट खटिएको सशस्त्रको  टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उल्लेखित भारतीय रुपैयाँ फेला परेपछि पक्राउ गरेको हो ।



प्रतिक्रिया दिनुहोस्