Logo

चन्द्र भण्डारीको दाबी : प्रतिनिधिसभा विघटन संविधानतः गलत, तर…(भिडिओसहित)



काठमाडौं, ९ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व सभासद डा. चन्द्र भण्डारीले निर्वाचनबाट कांग्रेस नभाग्ने स्पष्ट पारेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । संसद पूनःस्थापना हुन्छ कि हुँदैन् भन्ने कुरा आफूले भन्न नमिल्ने बताउँदै यसको लागि अदालतको निर्णय कुर्नुपर्ने बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्नु संविधानतः गलत भएको उनको दाबी छ । तर, प्रधानमन्त्री ओलीले मैले सरकार चलाउन सकिन त्यही भएर म जनतामा गएको छु भन्नु सही भएको पनि उनले तर्क गरे । हेरौं कुराकानीको पूरा भिडिओ :



प्रतिक्रिया दिनुहोस्