Logo

शङ्खरापुरमा एक विद्यालय एक योग शिक्षक



काठमाडौँ, ९ माघ: राजधानीको उत्तरपूर्वी भेगस्थित शङ्खरापुर नगरपालिकाले राष्ट्रिय योग दिवसका अवसरमा साताव्यापी कार्यक्रम आयोजना गरेको छ । राष्ट्रिय योग दिवस मुख्य दिन माघ १ गतेदेखि शुरु भएको योग कार्यक्रममा नगरपालिकाका कर्मचारी, इलाका प्रशासन कार्यालयका कर्मचारी, सामुदायिक विद्यालयका शिक्षक, सुरक्षाकर्मी र स्थानीयवासी गरी ५० भन्दा बढीको सहभागिता रहेको थियो । सहभागीमा योगप्रतिको उत्सुकता सिक्ने चाहना पाइएको नगरपालिका शिक्षा शाखाले जनाएको छ ।

स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी आयोजना गरिएको कार्यक्रममा डा हरिप्रसाद पोखरेल, डा क्षितिज बाराकोटी, तीर्थविनोद गिरी, पतञ्जलि योग समिति नेपालका लोकनाथ खनाल, अच्युत अर्याल र रामप्रसाद सञ्जेल, ब्रह्मकुमारी राज योग सेवा केन्द्रका तिलक भाइजी, ओसो तपोवनका स्वामी अरहत, जीवन विज्ञानका मेनुका ढकाललगायतका योगगुरुले प्रशिक्षण दिएका थिए ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्