Logo

मन्त्रीबाट हटेपछि प्रधानमन्त्री ओलीसँग सम्वाद छैन : योगेश भट्टराई (भिडिओसहित)



काठमाडौं, ९ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका प्रभावशाली नेता तथा निवर्तमान पर्यटनमन्त्री योगेश कुमार भट्टराईले केपी शर्मा ओलीले पार्टी अनुशासन उल्लंघन गरेकोले आफूहरुले साधारण सदस्यसमेत नरहनेगरि कारबाही गरेको स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको विघटन गर्न प्रधानमन्त्री ओलीले सिफारिश गर्नु नै कारबाहीको मुख्य आधार भएको उनको भनाई छ । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । आफूहरुले मन्त्रीबाट राजीनामा दिएपछि पनि प्रधानमन्त्री ओलीसँग विदा भएर बाहिरिएको उनले जनाए । तर, राजीनामा दिएपछि ओलीसँग सम्वाद नभएको उनले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्