Logo

दाहाल-नेपाल पक्षको काठमाडौंमा शक्ति प्रदर्शन (फोटोफिचर)



काठमाडौं, ९ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल–माधव कुमार नेपाल समूहको प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा भंग गरेको विरोधमा आज काठमाडौंमा वृहत्त आमसभा छ । यसको लागि उक्त समूहले काठमाडौंमा लाखौं मानिस उतार्दैछ । हाम्रा सहकर्मी मुकुन्द कालिकोटेकाअनुसार अहिले काठमाडौको विभिन्न ठाउँबाट झाँकीसहितको जुलुश निस्किरहेका छन् । विभिन्न स्थानबाट निकालिएको जुलुस भृकुटीमण्डप अगाडि जम्मा भएपछि आमसभा हुनेछ । आमसभामा अध्यक्षद्धय दाहाल र नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्