Logo

कम्युनिस्ट प्रजातन्त्र, गणतन्त्र र संघीयताका निम्ति कहिल्यै इमान्दार भएनन् : तिमल्सिना



सिन्धुपाल्चोक, ९ माघ । प्रतिनिधिसभा विघटनको बिरोधमा नेपाली कांग्रेसले (बिहीबार) देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा बिरोध प्रदर्शन गर्ने क्रममा सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाको धुस्कुनमा पनि कांग्रेसले बिरोध कार्यक्रम सम्पन्न गरेको छ । त्रिपुरासुन्दरी गाउँ पालिका ३ नं वडा कार्यसमिती द्वारा आयोजित कार्यक्रमलाई प्रमुख अतिथि का रुपमा नेविसंघ केन्द्रिय महामन्त्री तथा सिन्धुपाल्चोक काङ्ग्रेसका नेता बलदेव तिमल्सिनाले सम्बोधन गर्दै कम्युनिस्ट हरु नेपालमा प्रजातन्त्र,गणतन्त्र र संघीयता प्रती कहिल्यै इमानदार नभएको बताए ।

कोरोनाको मारमा जनता मरिरहँदा भ्रष्टाचारमा लिप्त प्रधानमन्त्री ओलिले आफ्नो कर्तुत लुकाउन ठुलो बलिदानी बाट प्राप्त परिवर्तन लाई प्रतिगमन तर्फ धकेलेको बताउँदै महामन्त्री तिमल्सिनाले प्रतिनिधिसभा विघटनलाई संविधानमा भएको ब्यवस्था प्रतिकूल र जनभावना विपरीतको कार्य भएको टिप्पणी गरेका छन् । महामन्त्री तिमल्सिनाले अदालतले सम्बिधानको सहि ब्याख्या गर्ने हो भन्दै सरकारको गलत निर्णय न्यायलयले सच्याउने छ र त्यसनिम्ति न्यायालयलाई बल दिन पनि के पि ओलीको असम्बैधानिक कदमका बिरुद्ध काङ्ग्रेस सडकमा रहेको बताए ।

सबै कम्युनिस्ट एउटै भएको र नेपालको समृद्धि,परिबर्तन र सुशासनको निम्ति कम्युनिस्ट नै अभिशाप रहेकोले त्यस बिरुद्ध काङ्ग्रेसलाई साथ दिन आग्रह गर्दै सम्सद पुनर्स्थापना नै आजको निकास भएको उनले बताए ।त्यसनिम्ती आदालत सरकारको दबाबबाट बाहिर निस्कनुपर्ने उनको भनाइ छ । कार्यक्रम तिमल्सिनाको प्रमुख आतिथ्यतामा नेपाली काङ्ग्रेसका नेता माधब भण्डारी, ज्ञानेन्द्र नेपाल पुर्ब सभापतिहरु राम बहादुर भण्डारी, गोबिन्द भण्डारी समीर बम्जन, सोनाम लामा लगायतको आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रमको अध्यक्षता त्रिपुरासुन्दरी(३ का कांग्रेस कार्य समिति उपसभापति गोरख बहादुर कार्किको अध्यक्षतामा सम्पन्न भएको थियो।



प्रतिक्रिया दिनुहोस्