Logo

प्रदेश नम्बर १ र बागमती प्रदेशका मुख्यमन्त्री हटाईए प्रदेश सभा नै विघटन गर्ने प्रधानमन्त्रीको तयारी !



काठमाडौं, ९ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पक्षधर प्रदेश नम्बर १ र बागमती प्रदेशका मुख्यमन्त्री शेरधन राई र डोरमणि पौडेललाई हटाईए प्रदेश सभा नै विघटन गर्ने चेतावनी दिएका छन् । उनले आफू पक्षधर नेताहरुसँगको छलफलमा यस्तो तयारी सुनाएका हुन् । स्रोतकाअनुसार उनले प्रदेश नम्बर १ र बाग्मती प्रदेशका मुख्यमन्त्रीलाई हटाउने काम भयो भने त्यो सह्य नहुने भन्दै प्रदेश सभा नै विघटन गरिदिने चेतावनी दिएका हुन् । यद्धपी उनले दुई वटै प्रदेशमा कांग्रेससँग मिलेर सरकार बनाउने प्रयाससमेत जारी राखेका छन् ।

यसको लागि उनले कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल र परामर्श जारी गरेका छन् । एकथरी नेताले त प्रदेश नम्बर-१ र बागमती प्रदेशमा कांग्रेससँग मिल्नेबारे ओलीले देउवासँग सहमति गरिसकेको दाबी गरेका छन् । कांग्रेस सभापति देउवाले पनि प्रदेश नम्बर एकबाट प्रतिनिधित्व गर्ने केन्द्रीय नेताहरुलाई बोलाएर छलफल गरेका छन् । उनले प्रदेश नम्बर १ मा शेरधन राईलाई सहयोग गर्ने र बागमती प्रदेशमा आफ्नो पार्टीका नेता ईन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्री बनाउने तयारी भएको जनाएका छन् । प्रदेश नम्बर १ का मुख्यमन्त्री राई र बाग्मती प्रदेशका मुख्यमन्त्री पौडेलविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले अविश्वासको प्रस्ताव दर्ता गराएको छ । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्