Logo

भ्याक्सिन उत्पादक सेरममा आगलागीले पाँचजनाको मृत्यु र अरबौंको क्षति



एजेन्सी, ९ माघ । विश्वकै सबैभन्दा ठुलो परिमाणको भ्याक्सिन उत्पादक सेरम इन्स्टिच्युट इन्डियामा बिहिबार लागेको आगलागीबाट अरबौंको क्षति भएको खुलेको छ । कम्पनिका प्रमुख कार्यकारी निर्देशक अडर पुनावालाले ठुलो क्षतिबारे जानकारी गराएका हुन् ।

इन्डियन एक्सप्रेसका अनुसार पुनावालाले आफू कुरा गर्ने मुडमा नभएको भन्दै बीसीजी, रोटाभाइरस भ्याक्सिनलगायत धेरै उत्पादनहरु नष्ट भएको जानकारी दिएका छन् । उक्त घटनामा पाँच जना कामदारको मृत्यु भएको छ ।

पुनावालेले मृतकहरुलाई प्रति परिवार २५ लाख भारु दिने जनाएका छन् । नयाँ भवनमा आगलागी हुँदा ठुलो क्षति भएको हो ।

बीसीजी र रोटाभाइरसको थप भ्याक्सिन उत्पादन गर्न भवन बनाइएको थियो । कोभिशिल्ड उत्पादन गर्ने मुख्य प्लान्टबाट आगलागी भएको मन्जीरी प्लान्ट तीन किलोमिटर दुरीमा पर्छ । कोरोनाविरुद्धको भ्याक्सिन उत्पादन गर्ने प्लान्ट र उत्पादनमा कुनै क्षति नभएको जनाइएको छ ।

सेरम परिमाणका हिसाबले विश्वमा सबैभन्दा ठुलो भ्याक्सिन उत्पादक कम्पनि हो । यसको प्लान्ट युरोप र अमेरिकामा समेत छ । सेरमले वार्षिक डेढ अर्ब डोज भ्याक्सिन उत्पादन गर्छ ।- तस्बिर स्रोतः एएनआइ



प्रतिक्रिया दिनुहोस्

Screenshot