Logo

स्रोत नखुलेको नगद सहित पक्राउ



काठमाडौं, ९ माघ । स्रोत नखुलेको नगद १५ लाख सहित एकजनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । न्युरोडबाट स्रोत नखुलेको नगद १५ लाख २६ हजार रुपैयाँ सहित बौद्ध बस्ने सिन्धुपाल्चोक भोटेकोशी घर भएका २४ वर्षीय छेवाङ शेर्पा पक्राउ परेका हुन् ।

शेर्पालाई शंकास्पद अवस्थामा फेला पारी प्रहरीले शरीर तलासी गर्दा उक्त नगद सहित फेला पारी पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्