Logo

महिला सहित १२ जुवाडे पक्राउ



भक्तपुर, ९ माघ । जुवा खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका छन् । चाँगुनारायण नगरपालिका–४ नयाँ खोरियास्थित खुल्ला चौरमा जुवा खेलिरहेको अवस्थामा जोरपाटी बस्ने दोलखा सैलुङ घर भएकी ३१ वर्षीया लक्ष्मी तामाङ लगायत १२ जनालाई नगद १ लाख ७३ हजार रुपैयाँ सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ ।

प्रहरी चौकी चाँगुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot