Logo

लागूऔषध सहित पक्राउ



काठमाडौं, ९ माघ । अवैध लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । सिरहाको गोलबजार नगरपालिका–३ गागनखोलाबाट नियन्त्रित लागूऔषध ३४ बोतल डाईलेक्स डिसी, ४५ एम्पुल डाईजेपाम, ४५ पिस नोफिन, ४५ पिस फेनारगन, ४८ पिस स्पास्मोप्रोक्सिरन र १ हजार ४ सय ९७ ट्याब्लेट नाईट्राभेट सहित २ जना बिहीबार साँझ पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका–२ बस्ने २२ वर्षीय राकेश कुमार साह र मिर्चैया नगरपालिका–८ बस्ने २७ वर्षीय अनिल शर्मा रहेका छन् । ईलाका प्रहरी कार्यालय गोलबजार र २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटीएको संयुक्त प्रहरीले स.७ प ५७१२ र स.१० प ५५२२ नम्बरको दुईवटा मोटरसाइकल जाँच गर्नेक्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्